खुकुरी प्रहार गरी श्रीमतीको हत्या

आइतबार, ०७ माघ २०७४, ११ : १८
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् ।

लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना गएराति भएको प्रहरीले बताएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस