हेटौंडामा ६ लाखको मोटरसाइकल चोरीमा संलग्न पक्राउ

विहीबार, १९ बैशाख २०७६, १३ : ३७
हेटौंडामा ६ लाखको मोटरसाइकल चोरीमा संलग्न पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले बजार मुल्य ६ लाख १० हजार रुपैयाँ पर्ने मोटरसाइकल चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ग ११ प ४९४७ नम्बरको क्रस फायर मोटरसाइकल चोरीमा संलग्नको आरोपमा हेटौंडा १४ बस्ने विकास थिंङलाई प्रहरीले हेटौंडा उपमाहानगरपालिका १४ सानो सुगौलीबाट मोटरसाइकलसहित पक्राउ गरेको हो ।

मकवानपुर मनहरी गाउँपालिका ८ का प्रविण बर्तौलाको मोटरसाइकल हेटौंडा १५ स्थित पार्किङ गरेर राखेको ठाउँबाट हराएको थियो ।

मोटरसाइकल चोर्ने थिंङलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।  मुलुकी अपराध संहिता २०७४ को परिक्षद २० अनुसार चोरी तथा डाँका सम्बन्धि कसुरमा ३ बर्ष कैद र तीस हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस