खुला मञ्च बेच्नेलाई कारबाही नगर्ने यो कस्तो सरकार ?

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १७ : २६
खुला मञ्च बेच्नेलाई कारबाही नगर्ने यो कस्तो सरकार ?

चितवन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउद्योगमन्त्री नविन्द्रराज जोशीले खुला मञ्च बेच्नेलाई कारबाही नगर्नेे सरकारलाई यो कस्तो सरकार हो ? भनी प्रश्न गर्नुभएको छ । 
आज १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति चितवन नवलपुरले संयुक्त रुपमा नारायणगढमा आयोजना गरेको श्रमिक भेलामा नेता जोशीले खुला मञ्च बेच्नेलाई कारबाही नगर्ने, बालुवाटार बेचिँदा बचाउ गर्ने सरकार नेपाली जनताको सरकार हुन नसक्ने, मजदुरको सरकार हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार भ्रष्टाचार गराउन उद्दत भएको र जसले भ्रष्टाचार गर्छ, उसैलाई ढाकछोप गर्नतर्फ लागेको छ ।’ 
कार्यक्रममा नेता जोशीले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्मला पन्तको दोषी पत्ता लगाउन नसक्ने सरकारले अरु के गर्न सक्छ ? उहाँले वाइडबडी काण्ड, सुनकाण्ड यस्ता काण्डैकाण्डमा सरकार फुसेको बताउनुभयो् ।
उहाँले राज्य धेरै कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार यही तरिकाले अगाडि बढ्यो भने देशमा एक डेढ वर्षमा ठूलो संकट आउँदैछ ।’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले हरेक मजदुरको आवाज बोकेर कांग्रेस हिँड्ने बताउनुभयो । कार्यक्रममा पूर्वसभापति तोपमान गुरुङ, कृष्णलाल सापकोटा, टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, राजीव न्यौपाने, पूर्व सांसद सावित्री बोगटीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभाअघि कांग्रेस ट्रेड युनियनले ¥याली निकालेको थियो । लायन्सचोक नारायणगढबाट निस्केको ¥याली नारायणी कला मन्दिर नारायणगढमा पुगेर सभामा परिणत भएको थियो । 

 

 

 

प्रतिक्रिया दिनुहोस