स्वर्ण महोत्सव मनाउँदै बालकुमारी, जुर्मुराए पूर्वविद्यार्थी

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, १७ : २६
स्वर्ण महोत्सव मनाउँदै बालकुमारी, जुर्मुराए पूर्वविद्यार्थी

चितवन । भरतपुर महानगरपालिका २, नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयले यस वर्ष स्वर्ण महोत्सव मनाउने भएको छ । २०२२ सालमा स्थापना भएको बालकुमारीले चार वर्षअघि नै स्वर्ण महोत्सव मनाउनु पर्नेमा विभिन्न कारणले अहिले मनाउन लागेको हो ।

स्वर्ण महोत्सवलाई सफल बनाउन बालकुमारीका पूर्वविद्यार्थीहरु जुर्मुराएका छन् । उनीहरुले सोमबार विद्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनासँगै अधिवेशन सम्पन्न गरेका छन् । अधिवेशनले बालकुमारीको पहिलो एसएलसी ब्याच २०३२ मा सहभागी पूर्वविद्यार्थी बद्रीलाल प्रधानकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको पहिलो बैठकले स्वर्ण महोत्सवलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

महाधिवेशन उद्घाटन समारोह बालमाविद् अलुम्नाईका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, सहायक प्रधानाध्यापक नारदप्रसाद परिहस्त, अलुम्नाईका पूर्वअध्यक्षद्वय अशोक लामिछाने र आश्विन श्रेष्ठ, पूर्वविद्यार्थीहरु चुननारायण श्रेष्ठ, सहनलाल प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस