पोखरा विश्वविद्यालयको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, २० : ५९
पोखरा विश्वविद्यालयको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतमा परेको उत्प्रेषण मुद्दामा विपक्षी पोखरा विश्वविद्यालयको नाममा अन्तरिम आदेश जारी भएको छ । बिहीबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।

विद्यार्थी मन्दिप खड्का समेतले पोखरा विश्वविद्यालय समेतलाई विपक्षी बनाई सवोच्चमा दायर गरेको उत्प्रषण मुद्दामा विपक्षीलाई वैशाख १६ गते हुने परीक्षामा सामेल गर्नु गराउनु भनी अन्तरिम आदेश जारी भएको हो । ‘निवेदकहरु शैक्षिक सत्रमा भर्ना भई नियमित रुपमा अध्ययनरत विद्यार्थी रहेको देखियो’ आदेशमा भनिएको छ, ‘साथै निजहरुको भर्ना सम्बन्धमा कानून बमोजिम भए नभएको विषय अन्तिम सुनुवाई हुँदा विचार हुने नै छ ।’

प्रतिक्रिया दिनुहोस