नौ महीनामा ११९ जनाको मृत्यु

मंगलबार, १० बैशाख २०७६, २० : ४०
नौ महीनामा ११९ जनाको मृत्यु

रत्ननगर । सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् ।

गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । चालू आवमा  सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटना परी ४९ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न सवारीसाधनको ठक्करबाट ३० पैदलयात्रुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा बस दुर्घटनामा परी १८ तथा ट्रक, ट्याङ्कर तथा  जिप, कार, भ्यान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३० पैदलयात्रीमध्ये आठको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । रासस 

प्रतिक्रिया दिनुहोस