कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइए

मंगलबार, १० बैशाख २०७६, १४ : ५८
कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइए

कास्की । कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइएको छ । गृहमन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो सङ्ख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् ।  तीमध्ये चारवटा इजाजत नभएका र अरूको इजाजत नवीकरण नगरिएको उहाँको भनाइ थियो  । 
 

प्रतिक्रिया दिनुहोस