युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ : प्रदीप पौडेल

शुक्रबार, ०६ बैशाख २०७६, ११ : ५७
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ : प्रदीप पौडेल

फाईल फोटो

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो । 

निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।”

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गर्नुभयो ।  (रासस) 
 

प्रतिक्रिया दिनुहोस