पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते युवकको निधन

मंगलबार, ०३ बैशाख २०७६, १५ : २३
पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते युवकको निधन

विराटनगर । गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ । झापाको दमकबाट पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्कंदै गरेको बा३च ७९६२ नम्बरको गाडीको ठक्करबाट चौधरी गम्भीर घाइते भएका थिए । 

ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो । गम्भीर घाइते प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनी विराटनगरको विराट नर्सिङहोममा उपचाररत थिए ।

शाहलाई विमानस्थल पुर्याएर झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को१५प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । स्थानीयवासीले गाडी पूर्वराजाकै भए पनि दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस