भरतपुर महानगरको कक्षा ८ को नतिजा सार्वजनिक

बुधबार, २७ चैत्र २०७५, १६ : १३
भरतपुर महानगरको कक्षा ८ को नतिजा सार्वजनिक

भरतपुर । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । 
भरतपुर महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ज) ले दिएको अधिकार प्रयोग गर्दै महानगरले पहिलो पटक लिएको कक्षा ८ को नजिता सार्वजनिक गरेको हो । भरतपुर महानगरले आज पत्रकार सम्मेलन गरेर कक्षा ८ को नतिजा महानगरपालिकाको वेभसाइटमा हेर्न सकिनेछ । 
यस वर्ष भरतपुर महानगरमा रहेका १५१ विद्यालयका ६ हजार ६६४ विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ५ हजार २६७ जना विद्यार्थीहरु कक्षा ९ पढ्न सक्नेछन् भने बाँकीले पुनः ग्रेठ वृद्धिको परीक्षा दिनुपर्नेछ । 
भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको अध्यक्षता महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा महानगरका प्रवक्ता अरुणपीडित भण्डारी विज्ञप्ति वाचन गरी नतिजाबारे जानकारी गराउनुभएको थियो । 
शैक्षिक प्रशासन महाशाखाका बाबुराम दवाडी, परीक्षा समिति सदस्य रुद्र शर्माले कक्षा आठको नतिजाबारे बताउनुभएको थियो । महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले वेशाख ६ गतेबाट ग्रेड वृद्धिको परीक्षा हुने बताउनुभयो । 
यस वर्षको कक्षा ८ को महानगरस्तरीय परीक्षामा ४ जीपीए ल्याएर छात्रातर्फ पोलर स्टार आमाविकी परीक्षा पौडेल सर्वोत्कृष्ट हुनुभएको छ । यस्तै छात्रतर्फ वाल्मीकि शिक्षा सदनका सुविन अधिकारी पनि ४ जीपीए ल्याएर महानगरमै सर्वोत्कृष्ट भएका छन् । सामुदायिकतर्फ नारायणी नुमना माविका छात्रतर्फ रोशन भण्डारी र छात्रातर्फ नारायणीकै झरना लामिछाने महानगरमै सर्वोत्कृष्ट भएका छन् । रोशनले ३.९५ र झरनाले ३.९०  जीपीए ल्याएका थिए । 
 

प्रतिक्रिया दिनुहोस