‘मैले तिम्री श्रीमतीको हत्या गरेँ, मलाई माफ गरिदेउ’

एजेन्सी

सोमबार, २५ चैत्र २०७५, १४ : ३०
‘मैले तिम्री श्रीमतीको हत्या गरेँ, मलाई माफ गरिदेउ’

एजेन्सी । एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए । साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गर्दै आरोपीलाई पक्राउ गरेको छ । महिलाका श्रीमानका अनुसार आरोपीले पहिले नै आफ्नी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गरिसकेका छन् ।

पुलिसले पाएको जानकारी अनुसार आगरा निवासी सौरभ त्यहाँको एक स्थानीय कम्पनीमा काम गर्छन् । गौच्छी नामको स्थानमा लक्ष्मण सिंहको घरमा कोठा भाडामा लिएर वन्दनासँग बस्दथे । त्यति नै बेला घर मालिकका छोरा पुष्कर उनको कोठामा आउजाउ गर्न थाले । यसका साथै, उनकी श्रीमतीलाई एकतर्फी प्रेम गरेर तनाव दिन थाले । त्यसकारण उनले कोठा परिवर्तन गरे तरपनि पुष्करले पिछा छोडेनन् । त्यहाँ पनि उनी घरको वरिपरि देखिन थाले । केही दिनअघि उनी घरमा आएर आफूलाई घरबाट निकालिएको भनेर रुन कराउन थाले । माया लागेर सौरभले उनलाई खाना खान दिए ।

त्यसपछि उनी लगभग सधैं झैं उनको घर आउजाउ गर्न थाले । उनी सौरभ काममा गएका बेला घरमा आउने गर्दथे ।

शनिबार दिउँसो करिब ११ बजे बन्दना सौरभलाई खाना दिन कारखाना गइन् । घर फिर्ता हुँदा पुष्कर आइरहेको श्रीमतीले फोनमार्फत सौरभलाई जानकारी दिइन् । त्यसपछि उनले केही बेरमा घर पुग्ने बताए । तर त्यसको केही बेरमै उनकी श्रीमतीको नम्बरबाट फोन आयो । पुष्करले फोनमा बन्दनाको हत्या गरेको जानकारी दिए । यसका साथै माफी पनि मागे । उनकी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गर्ने क्रममा विरोध गर्दा पुष्करले उनको घाँटी थिचेर हत्या गरेको सौरभले पुलिसलाई बताए ।

प्रतिक्रिया दिनुहोस