प्रहरीबाटै एसईई प्रश्नपत्र आउट, ६ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १५ : ३४
प्रहरीबाटै एसईई प्रश्नपत्र आउट, ६ जना पक्राउ

काठमाडौं । प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र प्रहरीबाट आउट भएको खुलासा भएको छ । घटनाको छानविन गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो (सुीआईबी) ले प्रश्नपत्र प्रहरीबाट आउट भएको जनाएको हो ।  
प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित ६ जनालाई पक्राउ गरेको छ । सीआईबीले इमोमार्फत प्रहरीले प्रश्नपत्र आउट गरेको जनाएको छ । 
प्रश्नपत्र आउट गर्ने प्रकरणमा एक शिक्षक, दुई प्रहरीसहित अन्य ३ जना पनि पक्राउ परेका छन् । पक्राउ परेकालाई  सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।  प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले  प्रदेश २ को एसईईको परीक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस