फेरि आन्दोलनमा उत्रिए राहत तथा अस्थायी शिक्षक

बुधबार, २० चैत्र २०७५, १७ : २०
फेरि आन्दोलनमा उत्रिए राहत तथा अस्थायी शिक्षक

काठमाडौं । अस्थायी शिक्षक फेरि काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । फेरि आन्तरिक परीक्षाको माग गर्दै उनीले प्रदर्शन उत्रिएका हुन् । त्यस्तै उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् । उनीहरुले गोल्डेन ह्याण्डसेक नदिएर विस्थापित गर्न लागेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनीहरुले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोधस्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका हुन् । बानेश्वरको निषेधित क्षेत्र तोड्ने भन्दै उनीहरु बानेश्वरतर्फ अघि बढेपछि बानेश्वरमा सुरक्षा तैनाथी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस