बारा–पर्सामा आँधी : करिब एक हजार घर पूर्णरुपमा ध्वस्त

बुधबार, २० चैत्र २०७५, १६ : ०२
बारा–पर्सामा आँधी : करिब एक हजार घर पूर्णरुपमा ध्वस्त

काठमाडौं । बारा र पर्सामा आएको आँधीका कारण ९ सय ४० घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको १ हजार ८ सय ९५ घरमा क्षति भएको मध्ये ९ सय ४० घर पूर्णरुपमा क्षति पुगेको हो ।
जसमा तीनवटा इटा उद्योग र एक स्वास्थ्य चौकीसमेत सामेल छ । ९ सय ५५ घर भने आंशिक क्षति भएको छ । हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पु¥याएको छ ।
फेटाको भरवलियामा १सय ३० पूर्ण र ६० आंशिक, पुरैनियामा ५५ पूर्ण र २५ आंशिक, गम्हरियामा ९ पूर्ण र ६ घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
हावाहुरीका कारण फेटा गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो । हालसम्म हावाहुरीका कारण १० पुरुष, ११ महिला, २ बालक र ४ बालिका गरी २७ जनाको ज्यान गएको विवरण पनि जिल्ला प्रशासन कार्यायले गृह मन्त्रालयलाई पठाएको छ । मृतक २३ जना नेपाली र ४ जना भारतीय नागरिक हुन् ।
 

प्रतिक्रिया दिनुहोस