क्रिकेट खेलबाट उठेको १५ प्रतिशत रकम आँधी पीडितलाई दिने धुर्मुसको घोषणा

मंगलबार, १९ चैत्र २०७५, १८ : २३
क्रिकेट खेलबाट उठेको १५ प्रतिशत रकम आँधी पीडितलाई दिने धुर्मुसको घोषणा

काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनले मातृभूमी कपको १५ प्रतिशत रकम बारा–पर्सा आँधी पीडितलाई दिने घोषणा गरेको छ । यही चैत्र २३ गते ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ हुन लागेको कपबाट टिकटबाट उठेको रकमको १५ प्रतिशत पीडितलाई दिने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले जानकारी दिनुभयो । आइतबार राती आएको हावाहुरीले  बारा–पर्साका ३१ जनाको ज्यान गएको थियो भने ६ सय घाइते भएका छन् ।
हावाहुरीमा सबैभन्दा बढी प्रभावित बारा जिल्लाको फेटा गाँउपालिकामा सोमबार फाउण्डेशनका अध्यक्ष कट्टेलले  ४ सय घरपरिवारलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका थिए ।
‘काठमाडौँ फर्किएपनि अभियान जारी रहने छ, अध्यक्ष कट्टेलले भने,‘ खुला आकाशमा रात काटेकाहरुलाई गाँस, बाससहित पुर्नबास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुर्नबासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस