कहाँ गयाे सरकारले पठाएको ४६८ वटा त्रिपाल र ४ हजार थान कपडा

मंगलबार, १९ चैत्र २०७५, १७ : ०९
कहाँ गयाे सरकारले पठाएको ४६८ वटा त्रिपाल र ४ हजार थान कपडा

बारा। संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा पठाएको छ ।  तर अहिलेसम्म पनि  हावाहुरीले प्रभावित परिवारले सो त्रिपाल पाएका छैनन । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ । ५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको छ । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो । यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ । त्रिपालसँगै ४ हजार १६८ थान कपडा पनि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस