हावाहुरीबाट प्रभावित नागरिकका लागि भरतपुरमा १ सय २ जनाले गरे रक्तदान

सोमबार, १८ चैत्र २०७५, १८ : ००
हावाहुरीबाट प्रभावित नागरिकका लागि भरतपुरमा १ सय २ जनाले गरे रक्तदान

चितवन । बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावित नागरिकका लागि चितवनमा १ सय २ जनाले रक्तदान गरेका छन् । आज भरतपुरको चौविसकोठीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहयोगी हात लगाएतका चितवन सामाजिक अभियानकर्ताको आव्हानमा रक्तदान गरिएको अभियान्ता सुर्य पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस