डाक्टर श्रीमानको कुटपिटबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०७५, १८ : ४४
डाक्टर श्रीमानको कुटपिटबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार

बारा । डाक्टर सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी उनकी श्रीमती सुनीतादेवीको दाह सँस्कार गरिएको छ ।
आइतबार बिहान बाराको माइती घर बहुवरीबाट दुघौरा नदीमा हिन्दु परम्परा अनुसार उनको दाह सँस्कार गरिएको हो । 

नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । गत चैत ११ कुटपिटबाट घाइते भएकी सुनितालाई वीरगञ्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार गरेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । 
सुनिताका आफन्त जयप्रकाश यादवका अनुसार १५ वर्ष पहिले वीरगञ्ज महानगरपालिका–२० हरपतगन्ज निवासी डा. सचितानन्द यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए । सुनीताबाट सन्तान नभएको भन्दै विवाहको दुई वर्षपछि सचितानन्दले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै उनले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ । 

यो पनि
डाक्टरको कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

प्रतिक्रिया दिनुहोस