परीक्षा स्थगित गर्न पोखरा विश्वविद्यालयसँग आग्रह

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १८ : १५
परीक्षा स्थगित गर्न पोखरा विश्वविद्यालयसँग आग्रह

चितवन । पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालले भोली शुक्रबारदेखि सञ्चालन हुन लागेको परीक्षा स्थगित गर्न आग्रह गरेको छ । संघका पदाधिकारीहरुले विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र परीक्षा नियन्त्रकलाई बिहीबार पत्र लेखी यस्तो आग्रह गरेका हुन् ।  

विश्वविद्यालय अन्तर्गत ४२ वटा कलेजहरुमा अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीहरुलाई परीक्षा नियन्त्रण कार्यालयमा रजिष्ट्रेशन फारम भर्न नदिएको विषयमा संघकोे गम्भीर ध्यानाकर्षण  भएको पत्रमा उल्लेख गरिएको छ । संघका महासचिव डा. नरबहादुर विष्ट, वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेय, वरिष्ठ सल्लाहाकार एल.पी.भानु शर्मा, अध्यक्ष प्रा.डा. रामचन्द्र आचार्यले हस्ताक्षर गरी विश्वविद्यालयका पदाधिकारीहरुलाई पत्र पठाएका हुन् ।   

प्रतिक्रिया दिनुहोस