होली मिलन कार्यक्रममा खानेपानी मन्त्री बिना मगर राना थारू समुदायको पहिरनमा सजिदै, सबै परे छक्क

सोमबार, ११ चैत्र २०७५, २१ : ५१
होली मिलन कार्यक्रममा खानेपानी मन्त्री बिना मगर राना थारू समुदायको पहिरनमा सजिदै, सबै परे छक्क

कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएकी खानेपानी मन्त्री बिना मगरले लगाउनु भएको पहिरन देख्दा धेरै जना छ्क्क परे ।
खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पार्नु भयो । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।
कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान ( गार्डेन ) को शिलान्यास समेत गर्नु भएको थियो ।
कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ ।
खानेपानी मन्त्री मगरले कंचनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताउनुभयो । बाटो घाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे उहाँले स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस