नेकपा गाउँपालिकास्तरीय कमिटी गठन

सोमबार, ११ चैत्र २०७५, १७ : १६
नेकपा गाउँपालिकास्तरीय कमिटी गठन

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ । 

गाउँपालिका संयन्त्रको बैठकले ५७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेको हो । कमिटीको अध्यक्षमा साविक नेकपा एमालेबाट गञ्जसिंह गुरुङ र सचिवमा साविक नेकपा माओवादी केन्द्रबाट विरु थापा चयन हुनुभएको छ । 

गाउँपालिका कमिटीमा अधिकतम ७५ सदस्य हुने व्यवस्था भएपनि पहिलो चरणमा ५७ सदस्य चयन गरेको र बाँकी सदस्य चाँडै नै पदपूर्ति गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

नेकपा जिल्ला संयन्त्रको केहि दिन अघि बसेको बैठकले चैत २० गतेभित्र सबै गाउँपालिका र नगरपालिकाको कमिटी गठन गरिसक्ने निर्णय गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस