नेविसंंघ नवलपूरका सहसचिवको गाडी तोडफोड

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १९ : ३४
नेविसंंघ नवलपूरका सहसचिवको गाडी तोडफोड

गैंडाकोट । अज्ञात समूहले गएराति नेविसंघ नवलपूरका सहसचिव रविनजङ्ग कार्कीको गाडी तोडफोड गरेका छन् । गएराति करिव २ बजेको समयमा गैंंडाकोट मोलाकालिका जाने बाटोस्थित घर अगाडि रहेको बा १५ च ९८४७ नम्बरको सिलबर कलर होण्डा मोबील्यो गाडीमाथि तोडफोड गरेर भागेको कार्कीले बताउनु भयो ।

तोडफोडबाट गाडीको सिसा र बडीमा क्षति पुग्दा करिव ३ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको उहाँले बताउनु भयो । गाडी तोडफोडमा कुनै एक व्यक्तिको संलग्नता नभई व्यवसायीक समूह र राजनीतिक समूहको संलग्नता रहेको हुन सक्ने उहाँले आशंका गर्नुभयो । 
इलाका प्रहरी कार्यालय गैंडाकोटको पूर्वतर्फ १०० मिटर अगाडि कार्की निवासमा घटना भए पनि प्रहरी भने दोषीलाई पक्राउ गर्न सकिएको छैन् । कार्कीले तोडफोडमा संलग्नलाई तत्काल पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ । 
यता इलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस