कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गरिने

शुक्रबार, ०८ चैत्र २०७५, १६ : ०९

चितवन । महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनले जगतगुरु श्री १००८ डा श्री वैष्णव कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गर्ने भएको छ । आयोजकले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरीे यही चैत्र ११ गते विहान ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा धर्मअनुरागी, सन्त, महन्त एव्म नागरिक समाजको उपस्थितिमा अभिनन्दन हुन लागेको जानकारी दिएको छ ।
विभिन्न समयमा हावा नछिर्ने खाल्डो भागमा भू–समाधिमा बसी शरीरमा जमारा उर्माने गर्दै आउनुभएका महाराजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाउनु भएको छ । सो अभिन्नदन कार्यक्रममा पूर्वप्रधानमन्त्री एव्म नेपाल कम्युनिष्ट पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल सहभागि हुने आयोजकले जनाएको छ । 
अभिनन्दन कार्यक्रमका लागि २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । काठमाडौँ, चतराधाम र पोखरामा यसअघि नागरिक अभिन्नदन भईसकेको मूल समारोह समितिका अध्यक्ष भरतप्रसाद दवाडीले जानकारी दिनुभयो ।

धर्मको प्रचार प्रसार नभई विशुद्ध आध्यात्मिक जागरण र पूर्वीय दर्शनको ज्ञान फैल्याउन अभिन्नदन गर्न लागिएको दवाडीले बताउनुभयो । चितवन, नवलपरासी र तनहुँका १५५ सघंसस्थाको सहकार्यमा हुन लागेको अभिन्नदन महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनको कार्यालय भरतपुर ८ गौरीगञ्जबाट सुरु हुने रथयात्रा हाकिमचोक–चौविसकोठी हुँदै गेष्ठ हाउसचौर आएर अभिन्दननको समापन हुनेछ ।
प्रतिष्ठान चितवनका सल्लाहकार भरत सापकोटाका अनुसार अभिन्नदनको सम्पूर्ण तयारी पुरा भईसकेको छ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पूर्ण चितवन, नवलपरासी र तनहुँका भक्तजनलाई सहभागि हुन सल्लाहकार सापकोटाले आग्रह गर्नुभयो ।
चताराधाममा गत फागुनको पहिलो साता सम्पन्न श्रीराम तारकब्रम्ह ज्ञानमहायज्ञको पूर्णहुतीका अवसरमा महायोगी शिद्धबाबालाई जगतगुरु रामानन्दचार्य पदबाट विभुषित गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस