चितवन । चितवनको भरतपुर महानगरपालिकालाई मर्करीमुक्त महानगर आज घोषणा गरिएको छ ।
भरतपुर, चितवन स्थित सरकारी अस्पताल, निजी अस्पताल, दन्त क्लिनिकहरु लगायत सरकारी कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला जनस्वास्थ्य, महानगरपालिका र पेशागत संगठनहरु जस्तै एफिन, नेपाल डेन्टल एसोसिएसन चितवन आदिको सहभागिता, समन्वय र सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौद्वारा आयोजित एकदिने मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवासम्बन्धी कार्याशाला गोष्ठीमा भरतपुर महानगरपालिकालाई नेपालको पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको हो ।
जिल्लाका अस्पताल, तथा स्वास्थ्य संस्थाहरुको समन्वयमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौंको अग्रसरतामा जिल्लाका सरोकारवाला निकायले प्रतिबद्धता व्यानरमा हस्ताक्षर गर्दै महानगरलाई मर्करीमुक्त महानगर घोषणा गरेका हुन् ।
केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाह, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसिया, डेन्टल एशोसियसन चितवनकी अध्यक्ष डा.विष्णु माया खरेललगायतले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस