स्माईल नेपालको रक्तदान

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १३ : ३३
स्माईल नेपालको रक्तदान

चितवन । समाज परिवर्तनका लागि युवा अभियान भन्ने मूल नाराका साथ युवाहरुको क्रियाशीलतामा स्थापित ‘स्माईल नेपाल’ नामक समूहको आयोजनामा शनिबार भरतपुरको मौलाकालिका अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
मौलाकालिका अस्पतालको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रममा एघार जना महिलासहित ६१ जनाले रक्तदान गरेका थिए । 
मौलाकालिका अस्पताल प्रा.लि.का अध्यक्ष डा. मणिकलाल मानन्धर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा डा. केशवराज भुर्तेल रहनुभएको थियो । प्रमुख अतिथि डा. मानन्धरले युवाहरुमा देखिएको सामाजिक उत्तरदायित्वको भावनाको उच्च सम्मान गर्नुपर्ने बताउँदै आगामी दिनमा थप ऊर्जा प्राप्त होस् भन्ने शुभकामना दिनुभएको थियो । स्माईल नेपालका अध्यक्ष सन्तोष पन्तका अनुसार रगतको अभावमा हुने अकल्पनीय मृत्युलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको अयोजना गरिएको बताउनुभयो । 
मौलाकालिका अस्पतालका वरिष्ठ डाक्टर, स्माईल नेपालका पदाधिकारी तथा सदस्यहरु, पैदलयात्रुलगायतको उल्लेख्ख उपस्थिति रहेको कार्यक्रम स्माईल नेपालका अध्यक्ष सन्तोष पन्तको सभापत्विमा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस