रङ्गशाला निर्माणका लागि सार्मथ्य नेपालको १ लाख ११ हजार सहयोग

मंगलबार, २८ फागुन २०७५, १५ : ५०
रङ्गशाला निर्माणका लागि सार्मथ्य नेपालको १ लाख ११ हजार सहयोग

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सामाजिक संस्था सार्मथ्य नेपालले सहयोग गरेको छ ।
देश तथा स्वदेशमा रहेका दाताहरुबाट संकलन भएको संकलन भएको १ लाख ११ हजार १ सय ११ रुपैयाँ संस्थाका संयोजक अर्जुन भुसालले मंगलबार चितवनस्थित रंगशालाको साईड अफिसमा सो रकम फाउण्डेशनलाई हस्तान्तरण गर्नुभयो । 
रकम हस्तान्तरण गर्दै भुसालले रंगशाला निर्माणको अभियानमा निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले सम्पूर्ण देश तथा विदेशमा रहेका नेपालीहरुलाई यो महाअभियानमा सरिक हुन आग्रह गर्नुभयो । सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ ले नेपालीहरुको सहयोग बिना रंगशाला निर्माण हुन नसक्ने बताउनुभयो । उहाँले रंगशाला निर्माणको काममा सँगसगै साथ दिन आग्रह गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले यो परियोजना निर्माण धेरैभन्दा धेरै अभियन्ताहरु जोडिएर राष्ट्रको गौरवशाली योजनामा साथ दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस