राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्ने

मंगलबार, ०२ माघ २०७४, १३ : ०८
राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्ने

 काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास      बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरको हो । 

बैठक माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्नेछ । राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठक पहिलो चरणमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित रहने जानकारी दिए । साथै अहिलेसम्म उठ्दै आएका राजनीतिक विषयवस्तुहरुको विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस