मनकामना मन्दिर पुननिर्माणमा सहयोग गर्नेलाई राष्ट्रपतिद्वरा सम्मान

विहीबार, २३ फागुन २०७५, २१ : २१
मनकामना मन्दिर पुननिर्माणमा सहयोग गर्नेलाई राष्ट्रपतिद्वरा सम्मान

गोरखा । सरकार र सर्वसाधारणको सहकार्यबाट गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुननिर्माण भएको छ । भक्तजनबाट संकलित चन्दा र सरकारबाट प्राप्त ४ करोड गरी १४ करोड ६४ लाख ८८ हजार ५ सय ९७ रुपियाँको लागतमा मनकामना मन्दिरको पुननिर्माण सम्पन्न भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा जीर्णाेद्धार समितिले मन्दिर पुननिर्माण सम्पन्न घोषणा कार्यक्रमको आयोजना गरेर पुननिर्माण सहयोगी चन्दादाताहरु लाई बिहीवार सम्मान गरेको छ । राष्ट्रपति भण्डारीले चन्दादाताहरु लाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

मनकामना मन्दिर पुननिर्माणमा मनकामना केबलकारका संस्थापक स्व.लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा मनकामना दर्शन प्रा.लि.ले एककरोड १२ लाख १सय ११ रुपियाँ सबैभन्दा धेरै चन्दा दिएको छ भने दोस्रोमा एककरोड ११ लाख सहयोग गर्ने चन्दादाता गायक योगेश्वर अमात्य रहेका छन ।

मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ
राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “यहाँ वरपर ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक सम्पदाको उजागर गरी वृहत धार्मिक पर्यटकको केन्द्र बनाउन सके यहाँ आफ्नै ठाउँमा रोजगारीको अवसरसमेत सिर्जना हुनसक्छ ।’’


उहाँले सरकारको आर्थिक र प्राविधिक सहयोगमा जनताबाटै अधिक रकम सङ्लकन गरी ऐतिहासिक मनकामना मन्दिर निर्माण हुनु सरकार र जनताबीचको सहकार्यको एउटा उदाहरणीय नमूना भएको उल्लेख गर्नुभयो । “२०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको मन्दिर जिर्णोद्धारको पर्खाइएको थियो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “तपाई जनसमुदायको सहकार्यमा पुनःनिमार्ण भएको छ, यो खुशीको कुरा हो ।” 

प्रतिक्रिया दिनुहोस