आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ : योगेश भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, ११ : ३८
आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए ।
विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानविन गर्नुपर्ने बताए ।

सांसद भट्टराईले भने– ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस