काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यस्तै शिक्षामन्त्री भट्टराईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची छ । उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि राष्ट्रियसभाको आजको बैठकमा पेस हुने सङ्घीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक शुरू