बम विष्फोटका घाइतेलाई भेटे प्रचण्ड, गृहमन्त्री र प्रहरी प्रमुखले

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १५ : २८
बम विष्फोटका घाइतेलाई भेटे प्रचण्ड, गृहमन्त्री र प्रहरी प्रमुखले

काठमाडौं । ललितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटका घाइतेलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालले भेटेका छन् । घाइते प्रतिक्षा खड्का र उषा मानन्धरलाई मेडिसिटी अस्पताल पुगेर पूर्वप्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालले शनिबार भेटेका हुन् । 

गृहमन्त्री थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन् । विष्फोटमा भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस