युगाण्डामा भएको वुमन्स डे कपमा नेपाल चौथो

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, १६ : ४१
युगाण्डामा भएको वुमन्स डे कपमा नेपाल चौथो

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ । आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो ।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।

नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक-एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबयासँग २ पटक नै पराजित भएको थियो ।

यस वुमन्स डे कपको उपाधिका लागि घरेलु टोली युगाण्डा र नामिबियाबीच अहिले खेल भइरहेको छ । समूह चरणमा युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भयो ।

नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।

 

 

प्रतिक्रिया दिनुहोस