निर्वाचन अपडेट

उवासघं चितवन निर्वाचन : दिउसो ४ बजेसम्म २ हजार मत खस्यो (फोटो फिचर)

आइतबार, ३० पुस २०७४, १६ : ४४
उवासघं चितवन निर्वाचन : दिउसो ४ बजेसम्म २ हजार मत खस्यो (फोटो फिचर)

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्षहरु, विभिन्न राजनैतिक दल र व्यापार तथा वस्तुगत संघहरुको समर्थन रहेको छ भने श्रेष्ठलाई वर्तमान अध्यक्षसहित केहि व्यापार तथा वस्तुगत संघहरुले समर्थन गरेका छन् ।

 

निर्वाचन प्रक्रियामा चितवनका उद्योगी तथा व्यवसायीहरुले उत्साहजनक उपस्थिति जनाएका छन् । शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको मूख्य निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले बताउनुभयो । ४ बजेसम्म मतदान स्थलभित्र प्रवेश गरेका मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने मूख्य निर्वाचन अधिकृत भण्डारीले जनाकारी दिनुभयो ।

उहाका अनुसार चितवनका सात वटै स्थानीय तहका २ हजार ८ सय ५६ उद्योगी तथा व्यवसायी मतदान प्रक्रियामा सामेल हुनेछन् । दिउसो ४ बजेसम्म २ हजार जानले मतदान गरेको निर्वाचन समितिले सफलखबरलाइृ जानकारी दिएको छ ।


यसअघि सदस्यतर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वाचित भईसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर विक र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वाचित भईसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस