भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

एजेन्सी

आइतबार, ०५ फागुन २०७५, १३ : ३८
भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । 

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । 

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ । (रासस/एएनआई)
 

प्रतिक्रिया दिनुहोस