प्राथमिकताका आधारमा काम गर्दै अघि बढ्ने बाम गठबन्धन संयुक्त कार्यदलको निर्णय

शुक्रबार, २८ पुस २०७४, १६ : १७
प्राथमिकताका आधारमा काम गर्दै अघि बढ्ने  बाम गठबन्धन संयुक्त कार्यदलको निर्णय

काठमाडौं ।  सिंहदरबारमा शुक्रबार बसेको  बाम गठबन्धन संयुक्त कार्यदलको बैठकले प्राथमिकताका आधारमा काम गर्दै अघि बढ्ने निर्णय गरेको कार्यदलका एक सदस्यले बताए । कार्यदलले प्राथमिकताका आधारमा प्रतिवेदन तयार बनाएर एकता संयोजन समितिलाई बुझाउँदै अघि बढ्ने निर्णय गरेको बताइएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले सो निर्वाचनका लागि उम्मेदवार चयन पहिलो प्राथमिकतामा राखेर छलफल भएको छ ।

वामगठवन्धनको एकता संयोजन समितिले राष्ट्रिय सभाका लागि साझा उम्मेदवार चयन, प्रदेश सरकार गठन, मुकाम तोक्ने विषयमा साझा धारणा बनाउने कार्यादेशसहित एकता संयोजन समितिले गएको पुस २५गते दुबै पार्टीबाट ३र३ सदस्य रहेको कार्यदल बनाएको थियो ।

एकता प्रक्रियामा रहेका एमाले र माओवादी शीर्ष नेताहरुले एकता प्रक्रियालाई अन्तिम चरणमा रहेको दावी गर्दै वाम सरकार गठनअघि नै पार्टी एकता हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस