चेतन र स्मिताको मारुनी सार्बजनिक

मंगलबार, २२ माघ २०७५, २१ : ५६
चेतन र स्मिताको मारुनी सार्बजनिक

गायक तथा संगीतकार चेतन सापकोटा र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । चेतन सापकोटाको संगीत रहेको गीतमा शब्द बिष्णु प्रसाद घिमिरेको रहेको छ । बिगत १३ बर्ष देखि जापानलाइ कर्म थलो बनाएका घिमिरेले गीत लेखनका साथै साहित्यमा समेत आफ्नो कलम चलाएका छन् । घिमिरेको ‘एक्लो विजेता’नामक कविता संग्रह प्रकाशनमा आइ सकेको छ। चेतन सापकोटाकै निर्देशन रहेको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोमा चेतन,प्रियंका,कमल,बिष्णु र मेलिना लाइ फिचर्ड गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस