काठमाण्डौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो ।
चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताउनुभयो । लगानीकर्ताले संविधानको भावाना अनुरुप कामलाई अघि बढाउनुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो भन्नुभयो । 'नाफाको आशा नगर्नुस देशको लागि योगदान दिनुस, मन्त्री पोखरेलले भन्नुभयो, 'शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागु गर्नुस ।'
सार्वजाजिक शिक्षालाई सबल बनाउनु पर्ने बताउँदैं प्राविधिक/व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो । यो बर्ष बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र अर्को बर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ । 'हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं, 'मन्त्री पोखरेलले भन्नुभयो, 'शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।'
उहाँले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पुर्वाधारको पनि पुर्वाधारको रुपमा विकास गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा बिज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'बिज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा विकास गर्नुपर्छ । विश्वविद्यालय भनेको बिगतका ज्ञान दिने मात्र नभई नयाँ ज्ञान निर्माण गर्ने केन्द्र बन्नुपर्ने पोखरेलले बताउनुभयो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०७५, १९ : १६
लेखकबाट थप