कामपाको सबै वडामा विपत व्यवस्थापन समिति गठन

शनिबार, १९ माघ २०७५, १० : ५३
कामपाको सबै वडामा विपत व्यवस्थापन समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको छ । स्थानीय तहको कानूनी व्यवस्थाअनुसार उक्त समिति गठन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । 

वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य स्वयंसेविका, वडाका महिला सदस्य र अन्य सदस्यसहित ११ सदस्य रहेको सो समितिले आफ्नो क्षेत्रमा हुने विपत जोखिम न्यूनीकरण गर्नाका लागि विपतको समयमा एकअर्कामा सहयोग र बच्ने उपायका सम्बन्धमा काम गर्ने छ । सो बमोजिम अग्नि नियन्त्रण, भूकम्पबाट बच्ने उपाय, ढलको समस्या समाधानका लागि काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

कामपाको सबै वडा कार्यालयले केही समयअघि मात्रै पूर्णता पाएकाले ती समितिहरुले विपतको सामना गर्न तालीम दिइरहेको छ । कामपाका अनुसार उपत्यकाको मुख्य समस्या आगोको रहेकाले ग्यास र विद्युतीय सामग्री प्रयोग गर्दा हुनसक्ने खतराको पनि सम्बन्धित वडाका विपत व्यवस्थापन समितिले नागरिकलाई जानकारी गराइरहेको छ । विपतकै समयमा आपतकालिन उद्धारका लागि केही दिनअघि कामपाले उपत्यकाभित्रका अत्यावश्यक (इमर्जेन्सी) सम्पर्क नंबरको पुस्तिका पनि प्रकाशन गरिसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस