पृथ्वीनारायणको योगदानबारे चर्चा

विहीबार, २७ पुस २०७४, २० : ३६
पृथ्वीनारायणको योगदानबारे चर्चा

चितवन । आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे बिहीबार नारायणगढमा चर्चा गरिएको छ । 
२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चितवन साहित्य परिषद् र स्वतन्त्र विचार समाजको संयुक्त आयोजनामा भएको अन्तरक्रिया तथा कविता वाचन कार्यक्रमका वक्ताहरूले शाहको योगदानबारे चर्चा गरेका हुन् । 
विचार समाजका अध्यक्ष दिलबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि एवम् गीतकार प्रेमविनोद नन्दन रहनु भएको थियो । कार्यक्रममा प्रा.डा. देवीप्रसाद कँडेलले कार्यपत्र पेश गर्नु भएको थियो । कँडेलको कार्यपत्रमाथि प्राध्यापक राजेन्द्र रेग्मीले टिप्पणी गर्नु भएको थियो । 
सुदीप वाग्लेले सञ्चालन गर्नु भएको कार्यक्रममा साहित्यकारहरू एलबी क्षेत्री, धनराज गिरी, लालनाथ सुवेदी, बालकृष्ण थपलिया, कृष्णमणि पहारी, जगन्नाथ पण्डित, राजेन्द्र घायल, रेशमलाल श्रेष्ठ, निलराज पन्त, वैजनाथ देवकोटा, भीमप्रसाद खतिवडा, ऋषिराम घिमिरे, मनीष गौतम, उर्मिला कोइराला, महेन्द्र अधिकारी लगायतले राष्ट्रिय भावले ओतप्रोत भएका कविता वाचन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस