भरतपुरको होटल ग्लोबलमा अगलागी हुँदा डेढ लाखको क्षति

विहीबार, १७ माघ २०७५, ०७ : ५९
भरतपुरको होटल ग्लोबलमा अगलागी हुँदा डेढ लाखको क्षति

चितवन । भरतपुर महानगरपालिका–१०, चैबिसकोठीस्थित होटल ग्लोबलमा विद्युत सट भई अगलागी भएको छ ।
गएराती १ः५५ बजे विद्युतको तार सट भई आगलागी हुँदा होटलमा करिब डेढ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनुभयो । 
आगलागीबाट होटलमा रहेका फर्निचरहरुमा जलेपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा गएराती २ः२५ बजे नै अगोलाई नियन्त्रणमा लिएको प्रमुख राठौरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस