डा. केसीले अनसन जारी राख्ने

विहीबार, २७ पुस २०७४, १२ : ४१
डा. केसीले अनसन जारी राख्ने

चितवन ।  डा. गोविन्द केसीले आमरण अनसन जारी राख्ने भएका छन् । आफ्ना थप माग पूरा नभएसम्म उनले आमरण अनसनलाई निरन्तरता दिने भएका छन् ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए ।

सर्वोच्चले केसीको अवहेलनामा मुद्दामा प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै  केसीलाई तारेखमा रिहा गरेको थियो ।

सर्वोच्चले चारवर्ष अघिको मुद्दाको फैसला गर्दै आइतबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहालीको आदेश दिएपछि डा. केसी गत सोमबारबाट अनसन बसेका थिए ।

सोमबारबाट आमरण अनसनमा बसेका उनलाई अदालतको अवहेलना गरको भन्दै  प्रहरीले पक्राउ गरी सर्वाेच्च अदालत लगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस