पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनाले सम्पन्न, धरानका रमेश प्रसाईंले मारे बाजी

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १३ : ०४
पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनाले सम्पन्न, धरानका रमेश प्रसाईंले मारे बाजी

काठमाडौं । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खल्ुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेका साथै पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो ।  

माघ ११ गते, शुक्रबार बेलुकी ८ः३० बजे एपीवान एचडी टेलिभिजन र बेलुकी ८ः४५ बजेदेखि एक्रेटिभ मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत प्रशारितपब्लिक स्पीकर नेपाल २ को अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट छनौटमा पर्न सफल ६ जना युवाहरुले आफ्नो सशक्त प्रस्तुति प्रदर्शन गरेका थिए । 

अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्ववल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गले निर्णायकहरु तथा मुख्य आयोजकसमितिको निर्णयका आधारमा कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । सेमी फाइनलबाटबाहिरिएकी काठमाडौंकी मानसी ठाकूरले भनेपब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् । 

पब्लिक स्पीकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगीतामा अन्ततः धरानका रमेश प्रसाईंले बाजी मारे र पब्लिक स्पीकर नेपाल २को विजेता घोषित भए । प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधाकोविजेता समेत रमेश नै बने  । 

त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकूरले द्वीतिय उपविजेताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ग्रान्ड फिनाले पश्चात सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वीतिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख रुपैंया, दुई लाख रुपैंया र एक लाख लाख रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रमका निर्माता तथा आयोजक एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिकानिर्वाह गरेको जानकारी दिए । साथै, पब्लिक च्वाइस अवार्ड विधाकाविजेताको निर्धारण भने जनताबाट प्राप्त मतको आधारमा गरिएको उनले बताए । 

पोखरेलले कार्यक्रमलाई प्राप्त सहयोग, सुझाव र प्रतिक्रिया एकदमै महत्वपूर्ण रहेको बताउँदै पब्लिक स्पीकर नेपालको तेश्रों संस्करण अझ परिस्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहका मुद्दाहरुका विषयमा सम्वादकासाथै समाधानका मार्गहरु पहिल्याउनका लागिपब्लिक स्पीकर नेपाललाई एक राष्ट्रिय स्तरको मञ्चको रुपमा विकास गर्दै लगिनेमा उनले जोड दिए । 


 

प्रतिक्रिया दिनुहोस