काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि शंकाकाे घेरामा रहेका बम दिदी बहिनी सुरक्षाकाे माग राख्दै काठमाण्डाैँ अाईपुगेका छन्। उनीहरुले अाफुहरुलाई जिउँदाे निर्मला बनाईएकाे भन्दै नेपाल सरकारसँग सुरक्षा दिन अाग्रह गरेका छन् । गएको साउन १० गते साथीको घर जान्छु भनेर हिँडेकी भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । तर, हालसम्म दोषी पत्ता लगाउन प्रशासन असफल भएको छ । बरु यसबीचमा अनुसन्धानको नाममा धेरै जनालाई पक्राउ गर्ने र हिरासतमा राख्ने काम भयो ।यसरी पक्राउ पर्ने मध्येका थिए, दिदीबहिनी बबिता बम र रोशनी बम । कारण थियो निर्मला उनीहरुको घरमा होमवर्क गर्न भनि घरबाट हिँडेकी थिइन् । प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन । तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् ।अहिले उनै दिदीबहिनी बबिता र रोशनी सुरक्षा माग गर्दै काठमाडौं आइपुगेका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएका बताउने उनीहरुले आफूहरुलाई राज्यले सुरक्षा दिनपर्ने भन्दै काठमाडौं आएका हुन् । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस