भारतमा सबैभन्दा महँगो कार चढ्ने नीता

एजेन्सी

शुक्रबार, ०४ माघ २०७५, १८ : ११
भारतमा सबैभन्दा महँगो कार चढ्ने नीता

भारत । भारतकी नीता अम्बानी १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन् । उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन् । नीता भारतको सबैभन्दा महँगो कार चढ्ने महिला हुन् ।

उनीसगँ आउडीको स्पेसल एडिसन आउडी ए९ च्यामेलियन कार छ । यो कार अमेरिकाबाट आयात गरिएको हो । थोरै मात्रामा विश्व वजारमा रहेको यो कार भारतमा पनि उपलब्ध छैन । यो कार विश्वको सबैभन्दा लक्जरी कार मध्ये एक हो । कम्पनीले यो कार विशेष व्यक्तिको लागि मात्रै बनाउने गरेको छ । अमेरिकामा यो कारको मूल्य ९० करोड भारु रहेको छ । तर भारतमा आयात गर्ने वित्तिकै यो कारको मुल्य १०० करोड भएको थियो । यो कार श्रीमती अम्बानीले आफू अफिस जान आउनको लागि लिएको वताएकी छिन् ।

मुकेश अम्बानीकी श्रीमती जहिले पनि चर्चामा हुन्छिन् । व्यक्तिको पहिचान उसले लगाउने जुत्ताले झल्काउने कुरा नीता अम्बानी अति गम्भिरका साथ लिने गर्छिन् । उनी विश्वको सबैभन्दा ब्रान्डेड जुत्ता लगाउने गर्छिन । उनको हातमा विश्वको प्रसिद्ध ब्रान्डका घडीहरु सजिने गर्छन् ।
उनी १ लाख पचास हजार देखि २ लाख सम्म मुल्य पर्ने बुल्गारी, कार्टियर, राडो, गुसी, केल्विन केलिन र फोसिल ब्रान्डका घडीहरु लगाउने गर्छिन् ।
 

प्रतिक्रिया दिनुहोस