डा. प्रकाश चन्द्र लोहनी भन्छन्,-'डा. गोबिन्द केसीलाई पक्राउ गर्नु शक्तिको दुरुपयोग'

बुधबार, २६ पुस २०७४, १३ : ३१
डा.  प्रकाश चन्द्र लोहनी भन्छन्,-'डा. गोबिन्द केसीलाई पक्राउ गर्नु शक्तिको दुरुपयोग'

चितवन । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा  प्रकाश चन्द्र लोहनीले डा गोविन्द केसीलाई पक्राउ गरिएकोमा आक्रोश व्यक्त गरेका छन् ।
उनले एक विज्ञप्तिमार्फत केसी सामाजिक, न्याय र कानुनी राज्यको लागि संघर्षरत व्यक्ति भएको  उल्लेख गर्दै अपराधीलाई जस्तो गरेर थुन्नु शक्तिको दुरुपयोग मात्रै हो भनेका  छन् ।
उनले केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस