अविवाहित सम्झना चेपाङबाट शिशुकाे जन्म

शुक्रबार, ०४ माघ २०७५, ०७ : ५२
अविवाहित सम्झना चेपाङबाट शिशुकाे जन्म

चितवन । मानसिक सन्तुलन गुमाएकी पूर्वी चितवनको राप्ती नगरपालिका ४ की सम्झना चेपाङबाट शिशुकाे जन्म  भएकाे छ । अविवाहित चेपाङकाे बिहिबार राती चितवन मेडिकल कलेजमा शल्यक्रियामार्फत शिशु (छाेरा)काे जन्म भएकाे हाे । १९ वर्षीय चेपाङलाई मानसिक सन्तुलन गुमाएकाे फाईदा उठाउदै अपरिचित व्यक्तिले गर्भवति बनाएकाे घटना २ महीनाअघि मात्रै सावजनिक भएकाे थियाे । अहिले अामा र शिशुकाे अवस्था समानन्य रहेकाे चिकित्सकले जनाएका छन् ।
उनलाई गर्भवति बनाउने व्यक्तिकाे खाेजी कार्य जारी भएपनि पक्राउ गर्न सकिएकाे छैन । 
मानसिक अवस्था ठिक नभएकी सम्झनासँग राती कोही आउने गरेको भएपनि उनका परिवारले साे व्यक्तिलाई पहिचान गर्न सकेका थिएनन ।
सम्झनालाई चितवनका महिलाअधिकारकर्मीकाे संरक्षणमा सुत्केरी बनाउन अस्पताल लगिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस