विद्यालयको शैक्षिक सुधार गर्न व्यवस्थापन चुस्त हुनुपर्छ: प्रमुख दाहाल

विहीबार, ०३ माघ २०७५, २० : २६
विद्यालयको शैक्षिक सुधार गर्न व्यवस्थापन चुस्त हुनुपर्छ: प्रमुख दाहाल

– अपील घिमिरे
चितवन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक गुणस्तरका लागि विद्यालयको व्यवस्थापनमा ढिलासुस्ती गर्न नहुने बताउनुभएको छ । पश्चिम चितवनको जनज्योति पदमनारायण धर्मकुमारी मल्ल माध्यमिक विद्यालयको ५८  औँ वार्षिकउत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भयो ।

१२ कक्षासम्मको शिक्षाको गुणस्तर सुधार गर्न नगर शिक्षा ऐन पारित गरिएको भन्दै उहाँले केही समयभित्र सामुदायिक विद्यालय सुधार कार्यक्रम ल्याइने बताउनु भयो ।
प्रमुख दाहालले कमजोर व्यवस्थापनले गर्दा निजी विद्यालयमा अभिभावकको आकर्षण बढ्दै गएको बताउनुभयो । विद्यालयाको मावि तहसम्मको विकासमा स्थानिय सरकारको दायित्व भएकाले विद्यालयको शैक्षिक सुधार गर्न महानगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
समुदायिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न, प्राविधिक र व्यवहारिक शिक्षा लागू गरिने  उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि महानगरले एक वर्षभित्र गर्न सकिने सबै गृहकार्य गरिसकेकोे बताउनुभयो ।


प्रमुख दाहालले पश्चिम चितवनमा ढलसहितका कालोपत्रे निर्माण, वार्ड र नगर स्तरीय निर्माणका कार्य भइरहेको भन्दै उहाँले यस क्षेत्रको विकासका लागि १ अरब ५० करोड केन्द्रीय बजेट विनियोजन हुने जानकारी दिनुभयो । त्यस्तै उहाँले महिलालाई सक्षम बनाउन महिलासँंग मेयर ,जोखिममा परेकासंँग मेयर जस्ता महिलालक्ष्ति कार्यक्रम शुरु गरिएको बताउनु भयो ।
सोही अवसरमा प्रमुख दाहालले जंगली जनावरबाट भरतपुर महानगरपालिका–२५ पीडित भएकाले मेसजालीसहितको फाउण्डेसन वाल र विद्यालयलाई सुरक्षित राख्न कम्पाउण्डिङ वाल निर्माण गरिने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका २५ का वडा अध्यक्ष विजय भुजेल ,विष्णु कुमारी जम्मरकटेल, भूपू शिक्षक लक्ष्मी सुवेदी, तारानाथ घिमिरे लगायतले विद्यालयको अक्षय कोषमा रकम सहयोग गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी घिमिरेले विद्यालयको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न शतप्रतिशत भर्ना अभियान सञ्चालने,५० लाखको अक्षय कोष स्थापना तथा स्वरोजगार मूलक प्राविधिक शिक्षालय शुरु गरिने जनकारी बताउनुभयो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, चन्दादातालाई सम्मान गरिएको थियो ।विद्यालयका प्रधानध्यापक माधवराज गिरीले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक उत्सवका अवसरमा अभिभावकहरु बीच खेलकुद, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक हिरालाल अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस