जनता बैंक नेपाल लिमिटेडले खाल्यो सबै प्रदेशमा प्रादेशिक कार्यालय

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १८ : २३
जनता बैंक नेपाल लिमिटेडले खाल्यो सबै प्रदेशमा प्रादेशिक कार्यालय

काठमाडौं । जनता बैंकले आजबाट देशको सबै ७ ओटै प्रदेशमा एकसाथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । बैंकले प्रदेश १ को ट्राफिकचोक, बिराटनगर, प्रदेश २ को भानुचोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटांैडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटल लाइन, बुटवल, कर्णालीप्रदेशको बिरेन्द्रचोक, सुर्खेत र सुदुर पश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास बैंकले लिएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरींदै लगिने बैंकले जनाएको  छ । 

बैंकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखारहित बैंकिङ केन्द्र, ७९ एटीएम, २ सिमित बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल विस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस