चितवन महोत्सवको अवसरमा शैक्षिक गोष्ठी

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०७५, १८ : ५४
चितवन महोत्सवको अवसरमा शैक्षिक गोष्ठी

भरतपुर । चितवनको महोत्सवको अवसरमा शैक्षिक गोष्ठी गरिएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको गोष्ठीमा ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । महोत्सवको अवसरमा गरिएको चितवन जिल्लाको समग्र शैक्षिक परिदृष्य विषयक गोष्ठीमा त्रिविका प्राडा धु्रबराज पोख्रेल, इन्जिनियर हरि भण्डारी, शिक्षा विकास समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्रिविका प्राडा धुु्रबराज पोख्रेलले एकेडेमी र इण्डष्ट्रिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । शैक्षिक गोष्ठीमा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले चितवन जिल्लाको शैक्षिक अवस्था, समस्या, चुनौती र सम्भावनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा ई हरि भण्डारीले प्राविधिक शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
महोत्सव मूल आयोजक समितिका सदस्य सहनलाल प्रधानको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद विजय सुवेदी, प्रदेश ३ का मुख्यमन्त्रीका सल्लाहकार जेएन थपलिया, शिक्षाविद् रमाकान्त सापकोटालगायतले मन्तव्य दिएका थिए ।


 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस