अपार्टमेन्टमा आगलागी हुँदा १९ जना घाइते

एजेन्सी

विहीबार, २६ पुस २०७५, १४ : २५
अपार्टमेन्टमा आगलागी हुँदा १९ जना घाइते

प्रतिकात्मक फोटो

टोलुुज, फ्रान्स ।  फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । 

यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ । 

आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका मानिसलाई सुरक्षाका कारण अन्यत्र सारिएको छ । बिहानीपख शुरु भएको आगलागी नियन्त्रणमा लिइएको फ्रान्स आगलागी नियन्त्रण सेवाले जानकारी दिएको छ । (रासस /एएफपी)

प्रतिक्रिया दिनुहोस